0
असार २३, २०७३- केही महिना अगाडी रुपा विस्ट (नाम परिवर्तन) ले भारतस्थित नेपाली दुतावासमा आएर सहयोग मागिन् । उनले भनिन, “मेरो साथी ओरेनान्डो वानाडोले वेलायतबाट १५ हजार अमेरिकी डलर र अन्य धेरै सामान पार्सलमा पठाएको छ तर एयरपोर्ट भन्सारमा रोकियो सहयोग गर्नु पर्यो ।” 
दुतावासका काउन्सिलर एसएसपी यादवराज खनाल र अन्य कर्मचारीहरु सामान छुटाउन लागिपरे तर पछि थाहा भयो यो त एक प्रकारको नयाँ डिजिटल ठगी पो रहेछ । 
रुपाको फेसवुक मार्फत ति केटासँग चिनचान भयो । ति विदेशीले उनलाई आफू नै घनिष्ट भएको भ्रममा पार्न सफल भए । त्यत्रो पैसा र सामान माया गरेर पठाएको भनेपछि त झन उनको खुशीको सिमा रहेन ।
सामान पठाएको केही दिनमा नै त्यो केटाले त्यति धेरै डलर र सामान पार्सल पठाएका कारण सामान भन्सारमा जफत भएको र त्यसलाई भन्सारबाट छुटाउन शुरुमा दुई हजार अमेरिकी डलर भारतको एक वैंकमा जम्मा गर्न भने ।
उनले भन्सार अड्किएकै होला भनेर व्यक्तिले दिएको वैंक खातमा रकम जम्मा गरिन् । तर सामान छुटेन भन्दै त्यो मान्छे फेरी रकम जम्मा गर्न भन्यो, उनले जम्मा गर्दै गइन् ।
यसो गर्दा गर्दै उनले पाँच हजार अमेरिकी डलर वैक खातमा जम्मा गरिन् । त्यति गिरोहमा विभिन्न शहरमा आफ्ना सहयोगीहरु राख्ने गरेको र उनीहरुले फोन गरेर पैसा माग्ने गरेको पाइएको छ । जव दुतावास र अन्य मान्छेले फोन गर्न थाल्दछन् उनीहरु सम्पर्क वाहिर जाने गर्दछन् ।
त्यति हुँदा पनि सामान नछुटेपछि त्यो मान्छेले सामान छुटाउन आफू पनि दिल्ली आउने र उनलाई पनि दिल्ली आउन भन्यो । तर, हतारमा छु भन्दै त्यो मान्छेले भेट गर्न मानेन र त्यो वैंक खाता पनि वन्द भयो ।
रुपालाई घेरै पछि थाहा भयो यो त एउटा ठगी पो रहेछ । एसएसपी खनालले यस विषयमा भारतको अपराध अनुसन्धान विभागका अधिकारीहरुसँग पनि कुरा गरे । भारतीय प्रहरीले खनाललाई यो सवै डिजिटल अपराध भएको र पछिल्लो दिनमा यस्ता घट्ना बढेको जानकारी गराए । 
खनालका अनुसार विशेष गरी अफ्रिकन मुलुकका व्यक्तिहरु यस प्रकारको ठगीमा संलग्न हुने गरेको पाइएको छ । “यस्तो ठगीमा संलग्न केहीलाई हामीले केहीलाई हिरासतमा लिएर छानविन समेत गरिरहेका छौ”, भारतीय प्रहरीलाई उदृत गदै खनालले भने । केही नाइजेरियन मुलका व्यीक्तलाई भारतीय प्रहरीले पक्राउ गरेर अनुसन्धान समेत गरिरहेको छ ।  
केही दिन अगाडी मात्र अर्का एक नेपाली त्यस्तै साथीले विदेशबाट पठाईदिएको सामान  इन्दिरागान्धी इन्टरनेशनल एयरपोर्ट भन्सारमा अड्किएको भन्दै छुटाउन केही दिन लागि परे । उनले कान्तिपुर संवाददातालाई समेत सामान छुटाउनको लागि पहल गर्न आग्रह गरे । तर, यो ठगी हुन सक्ने आशंकाले उनी भने अहिले सामान वरु फिर्ता जावोस भनेर वसिरहेको छन् । 
नाम खुलाउन नचाहने सर्तमा उनले भने, “मैले वरु सामान नै फिर्ता जावस भने केही गरिन ।’ त्यसैगरी तीन दिन अगाडी मात्र नेपालबाट एक युवतीले दुतावासमा फोन गरेर साथीले पठाईदिएको सामान रोकिएको गुनासो गरिरहेकी छिन् । 
विशेषत सामान तथा पैसा पठाएको नक्कली कागजात तयार पारेर सामान लिन जाउ भनेर खवर गर्ने र सामान छुटाउन वंैकमार्फत पैसा जम्मा गर्न लगाएपछि वेपत्ता हुने घट्ना भारतमा निकै वढेको छ  जसमा पछिल्लो समयमा नेपालीहरु समेत ठगिन लागेका छन् । 
विशेषत कोही गरिव अथवा कम साक्षर मान्छेलाई प्रयोग गरि उनीहरुको नाममा वैंकमा खाता खोल्ने र त्यसमा जम्मा गर्न लगाउने गरेको पाइएको छ । खातामा  पैसा जम्मा गर्न तथा त्यो पैसा झिकीदिए वापत त्यो मान्छेलाई केही रकम दिने र तुरुन्तै त्यो खाता वन्द गर्न लगाउने गरेको पाइएको छ ।
वैक मार्फत कारोवार गर्न धेरै गाहो छैन किनभने कुनै भारतिय नागरिकको नामबाट खोलिएको वैक खाता कानुनी नै हुने भयो र जति पनि पैसा जम्मा गर्न सकिने भयो । 
विगत ६ महिनाको अवधीमा दिल्लीस्थित नेपाली दुतावासमा ठगीको यस्तो चारवटा घट्नाहरु आएका छन । दुतावासको सम्पर्कमा नआउने त कति होलान । “विशेषरी नेपाली युवतीलाई ति विदेशीले त्यति भ्रममा पारेका हुन्छन कि उनीहरु ठगी भईसक्दा पनि यो कुरो थाहा पाउँदैनन,।” खनाल भन्छन् । 
युवतीहरु त्यो त मेरो एकदमै मिल्ने साथी हो त्यो हुनै सक्दैन भन्छन । विशेषत विदेशीहरुले नेपाली युवतीलाई विवाह गर्ने अथवा सधै केटी साथी वनाउने आश्वासन दिएका हुन्छन । तर त्यो केटा साथीसँग उनीहरुको कहिल्लै भेटघाट भएको भने पाइदैन । आश्चर्यको कुरा के छ भने नेपाली दुतावासमा आएका चारै जना युवतीले सामान पठाउने मान्छेलाई फेसवुकको कुराकानी भन्दा अन्य हिसावले चिनेका छैनन्  ।  


Post a Comment

 
Top