गीत संगीतमा होस् या फेसनमा गायिका कोमल ओलीको आफ्नै स्टाइल छ । जुन कसैसँग म्याच गर्दैन । त्यसैले त उमेर ढल्किँदै जाँदा पनि उनको चर्चा कम भएको छैन । प्रायः कार्यक्रमहरूमा भेटिँदा कोमल अरूभन्दा फरक पोसाकमा देखिन्छिन् । कोमल फेसनमा जति पनि पोसाक देखिन्छन् ती सबै उनको आफ्नै डिजाइन हुन् ।
‘सिम्पल', ‘बोल्ड' र ‘ब्युटिफुल' देखिन मन पराउने कोमल आफ्नो पोसाकको डिजाइन आफैं गर्छिन् । कटिङ गर्न नजाने पनि कलर कम्बिनेसनमा उनलाई राम्रो ज्ञान छ । त्यसैले डिजाइनरकहाँ गएर आफ्नो निर्देशनअनुसार पोसाक बनाउँछिन् । तीज नजिकिँदै गर्दा कोमलको चर्चा पनि बढिरहेको छ ।
उनको नयाँ आएको तीज गीत ‘पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटि हो'ले बजार पिटिरहेको छ । कोमलको गीतबिनाको तीज खल्लो हुन थालिसकेको छ । गीतमात्र नभई उनको फेसन शैलीले पनि तीजमा राम्रै चर्चा पाउने गर्छ । विदेशमा कार्यक्रमका लागि जानुपर्ने भएकाले उनलाई यति बेला नयाँनयाँ पहिरन बनाउने चटारो छ ।
भिडियो हेर्नुहोस्
Post a Comment