0
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) र लुम्बिनी बैंक गाभिएपछि बिहीबारबाट औपचारिक रुपमा एकिकृत कारोबार गर्ने भएका छन् । मर्जरसम्बन्धि सबै काम टुङ्ग्याएका दुबै संस्थाले बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् ।
 
मर्जरको सबै काम सकेर गत साता लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले राजिनामा गरिकसकेका छन् । अहिले नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत बिओकेका तर्फबाट अजय श्रेष्ठ छन् । भोली बस्ने सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै निरन्तरता दिने वा अरु कसैलाई जिम्मेवारी दिने भनेर निर्णय गर्ने छ ।
 
लुम्बिनी नेपाली पुँजीबाट स्थापना भएको पहिलो निजी क्षेत्रको बैंक हो । बैंक स्थापना भएको २० बर्ष भइसकेको छ । बिओके पनि १८ बर्षको भइसकेको छ ।
 
नयाँ बैंकमा सेयर लगानीकर्तामा विविधीकरण रहनुका साथै ग्राहकको प्रोफाइल पनि फरक रहेको श्रेष्ठले जानकारी दिए । 'कर्मचारी पनि फरक फरक छन्' उनले भने, 'उता नभएको कुरा यता छ र यता नभएको कुरा यता छ । त्यसैले यो मर्जरबाट सिनर्जी आएको छ ।'
 
बिओकेसँग लुम्बिनी १०० बराबर ८२.८१ को सेयर अनुपातमा गाभिएको हो । मर्जरपछि पुँजी चार अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । स्वापबाट आएको बाँकी रकम जगेडा कोषमा गएको छ । मर्जरपछि निक्षेप ६५ अर्ब र कर्जा ५३ अर्ब पुगेको छ ।
 
दुबै बाणिज्य बैंक भएकाले कर्मचारी समायोजन गर्न थप तहहरु श्रृजना गर्नु नपरेको श्रेष्ठले जानकारी दिए । बैंकको सञ्चालक समितिमा बिओकेबाट पाँच र लुम्बिनीबाट चार जना सञ्चालक छन् । 
source :bizmandu.com

Post a Comment

 
Top