म्याग्दी– यहाँ रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् ।
लुलाङ र रुमको ढुङ्गा खानी बाहेक ताकम, गुर्जा, कुइने, ओखरबोटलगायत गाविसमा रहेका खानी पुरिन थालेका हुन् । खानीबाट धातु निकालिने धाउ पुरिएका छन् । छन्त्याल जातिले पहाडभित्र सुरुङ खनेर त्यहाँ रहेको धातु निकाल्ने गर्थे । छन्त्याल जातिमा धातु भएको ठाउँ सुँघेर पनि थाहा पाउन सक्ने क्षमता भएको ताकमका चन्द्रबहादुर छन्त्यालले बताए ।
खानी उत्खनन गर्ने यन्त्र उपकरणको अभाव र
सरकारलाई आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि तीन दशकयता खानी
बन्द भएको नेपाल छन्त्याल सङ्घ, म्याग्दीका पूर्वअध्यक्ष मुकुन्द
छन्त्यालले बताए ।
जङ्गलका बीचमा पहाडभित्र रहेका खानीमा बाहिरबाट ढुङ्गा, हिलो र भल गएर
थुप्रिएर पुरिन लागेकामा छन्त्याल समुदाय चिन्तित भएका छन् । खानी खनेर
जीविकोपार्जन गर्दै आएका विभिन्न ठाउँमा बसोबास गर्ने छन्त्याल समुदाय
परम्परागत पेसाबाट विस्थापित छन् । गुर्जा, ताकम, कुइनेमङ्गल, मल्कबाङ र
भकिम्ली गाविसमा बसोबास गर्ने छन्त्याल समुदाय खानी उत्खनन गर्ने परम्परागत
पेसाबाट पूर्ण रुपमा विस्थापित छन् ।
गत वर्षको जिल्ला परिषद्ले खानीको संरक्षण
र उपभोग गर्न पहल गर्ने निर्णय गरे पनि सो विषयमा कुनै पहल हुन सकेको छैन ।
स्थानीयवासीको लगानीमा धातु उत्खनन गर्दा आयातीतसँग प्रतिस्पर्धा गर्न
नसक्ने भएकाले सरकारले अनुदान दिएर खानी सञ्चालन गर्न सके जिल्लाको
अर्थतन्त्रमा सहयोग पुग्ने छन्त्याल समुदायका अगुवा बताउँछन् ।
source
source
Post a Comment